चर्चित लोकगायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटनामा परेको छ।
पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी दधिराम न्यौपानेले जानकारी दिएका छन्।
दुर्घटनाग्रस्त कारमा गायक शर्मासहित चार जना सवार थिए। उनीहरू सबै सामान्य घाइते भएका छन् भने कारको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
