काठमाडौं । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबाट सुरु भएको तीनदिने कार्यक्रमको पहिलो दिन प्राविधिक सेमिनार सम्पन्न भएको छ। विश्व सोतोकान कराते महासङ्घका उप(मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले उक्त सेमिनारको अगुवाई गरेका थिए । नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका अवसरमा संघका महासचिव रञ्जन प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी नेपाल सोतोकान कराते सङ्घका प्रमुख सल्लाहकार विष्णुगोपाल श्रेष्ठले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले भने सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगिताको उद्घाटन गरेका थिए ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
