काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् ।
उनले औद्योगिक राष्ट्रहरूले सृजना गरेको समस्याका कारण विकासशील देशहरूले भोग्नुपरेको जनधनको क्षतिको क्षतिपूर्ति उनीहरूले तिर्नुपर्ने र यस न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनुपर्ने माग गरेका छन् ।
पोखरेलले एमाले पीडितको राहत, उद्धार र पुनर्स्थापनका लागि अहोरात्र खटिरहेको र पार्टीले विगतका विपत्तिमा हासिल गरेको अनुभव रसुवा र नुवाकोटको बाढी पीडित क्षेत्रमा प्रयोग गर्ने बताएका छन् ।
