काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुरिएको चारतले घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ । शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी ६४ वर्षीया श्रीमती चण्डिका श्रेष्ठको उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
उद्धारमा खटिएको सशस्त्र र नेपाल प्रहरीको टोलीले उक्त घरभित्रबाट महिला कराएको आवाज सुनेको थियो । त्यसपछि उनको उद्धार कार्य थालिएको थियो ।
उद्धार गरिएकी श्रेष्ठलाई उपचारका निम्ति हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।
यही भदौ १० गते आएको बाढीका कारण उक्त घर पुरिएको थियो । बाढीको ११औँ दिनमा उनको उद्धार गरिएको हो ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
