काठमाडौँ। आर्सनलले प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब जिरोनालाई ४–१ ले पराजित गरेको छ।
नयाँ अनुबन्धित ग्रीसका विंगर क्रिस्टोस जोलिसले डेब्युमै गोल गर्दै समर्थकलाई आफ्नो क्षमताको झल्को दिएका छन्।
बेल्जियमको क्लब ब्रुगबाट करिब ३४ मिलियन पाउन्डमा आर्सनल आएका जोलिसले टर्कीको क्लब बेसिक्टास पुगेका लिएन्ड्रो ट्रोसार्डको स्थान लिएका हुन्।
खेलको १६औँ मिनेटमा १६ वर्षीय म्याक्स डोम्यानको उत्कृष्ट पासमा काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।
३०औँ मिनेटमा जोलिसले डिफेन्डर अर्नाउ मार्टिनेजलाई छल्दै प्रहार गरेको बल हल्का डिफ्लेक्सनपछि जाली चुम्यो र आर्सनलको अग्रता दोब्बर बनाए।
दोस्रो हाफ सुरु भएको चार मिनेटमै जिरोनाका अर्नाउ मार्टिनेजले कर्नरबाट हेडर गोल गर्दै अन्तर घटाए। तर त्यसको तीन मिनेटपछि म्याक्स डोम्यानले आफैं गोल गर्दै आर्सनललाई पुनः दुई गोलको अग्रता दिलाए।
लगत्तै गाब्रिएल जेससले पनि गोल थपेपछि आर्सनलले ४–१ को सहज जित दर्ता गर्यो।
प्रशिक्षक मिकेल आर्टेटाले विश्वकपबाट फर्किएका भिक्टर ग्योकेरेस, काइ हाभर्ट्ज र पिएरो हिन्कापिएलाई सुरुआती टोलीमा उतारेका थिए। तीनै खेलाडीले करिब ३० मिनेट मैदानमा बिताए।
आर्सनलले अब अगस्ट ५ मा आयरल्यान्डको डब्लिनस्थित एभिभा स्टेडियममा रियल बेटिसविरुद्ध दोस्रो प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्नेछ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
