काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा आज घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दै छ । नेपाल आज जित्नै पर्ने दबाबमा छ ।
खेल उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपाली समयअनुसार दिउँसो २ः२५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नामिबियासँग आठ विकेटको पराजय व्यहोरेको नेपालले यो खेल पनि गुमाए शीर्ष चारको सम्भावना निकै कमजोर बन्नेछ ।
पहिलो खेलमा नेपालको ब्याटिङ निकै कमजोर देखिएको थियो ।
नेदरल्यान्ड्स पनि घरेलु मैदानको फाइदा उठाउँदै सुखद सुरुआतको लक्ष्यमा छ ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियाविरुद्ध सात खेल खेलेको छ । जसमा नेपालले चार जित र तीन हारको नतिजा निकालेको छ ।
नेपालले पछिल्ला दुई खेलमा भने नेदरल्यान्ड्सलाई पराजित गरेको छ । सन् २०२५ मा सम्पन्न शृंखलामा नेपाल पाँच विकेट र १६ रनले विजयी भएको थियो ।
सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई बाँकी सबै खेल जित्नैपर्ने दबाब छ । नेपालले आफ्ना सबै खेल जितेर मात्र पुग्दैन स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानको नतिजा पनि कुर्नुपर्नेछ ।
अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । अब तीन बाँकी तीन स्थानका लागि सात देश प्रतिस्पर्धामा छन् ।
हाल २९ खेलमा २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकका साथ तेस्रो स्थानमा छ ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
