काठमाडौं । वैदेशिक रोजगारीका लागि ठूलो सपना बोकेर पाँच वर्षअघि बर्दियाबाट काठमाडौं आएका २३ वर्षीय गजराज विश्वकर्मा आर्थिक अभावका कारण विदेश जान सकेनन्। तर उनले सपना भने त्यागेनन्। बरु संघर्षलाई नै आफ्नो शक्ति बनाए।
काठमाडौंमा विभिन्न काम गर्दै अनुभव बटुलेका गजराजले अन्ततः आफ्नै देशमै केही गर्ने निर्णय गरे। त्यसका लागि उनले आफ्नो मामाघरका दाइ सुनिल विश्वकर्मासँग हातेमालो गरे। सुनिलले नेपाल तथा विदेशका विभिन्न होटलमा करिब १५ वर्ष काम गरेर आर्जन गरेको अनुभवलाई व्यवसायमा प्रयोग गर्ने सोच बनाए।
त्यसपछि दुवैले काठमाडौंको पेप्सीकोलामा दुई महिनाअघि एउटा रेस्टुरेन्ट सञ्चालनमा ल्याए। छोटो समयमै रेस्टुरेन्टले स्थानीय ग्राहकको विश्वास जित्दै गएको छ। अहिले उनीहरूले आफ्नै व्यवसायमार्फत ३ जना युवालाई रोजगारीसमेत दिएका छन्।
विदेश जाने सपना अधुरै रहे पनि गजराज आज आफ्नै देशमा आत्मनिर्भर बन्ने यात्रामा छन्। उनको कथा विदेशमै भविष्य खोज्नुपर्छ भन्ने सोच राख्ने धेरै युवाका लागि प्रेरणाको उदाहरण बनेको छ।
“अवसर खोज्ने होइन, सिर्जना गर्ने हो” भन्ने सन्देश गजराज र सुनिलको संघर्षले स्पष्ट रूपमा दिएको छ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
