काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
शनिबार र आइतबार मनसुनी गतिविधि बढ्न गई देशका हिमालीरपहाडी भूभाग, कोसी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारीदेखि धेरैभारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशामा सर्ने क्रममा रहेकोले मनसुन थप सक्रिय हुने सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
