काठमाडौं । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीनजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगरसमेत पुरिएका छन् ।
प्रहरीले स्थानीयको सहयोगमा पहिरो हटाउने तथा खोजी गर्ने कार्य जारी राखेको छ ।
यसैगरी, सुनछहरी गाउँपालिका–२ गिट्ठे गाउँमा समेत लादे बुढामगरको घरसमेत पहिरोले पुरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । अहिले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
