काठमाडौं । तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ।
बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकृतिका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रारम्भिक आकलनअनुसार विभिन्न आयोजनाका विद्युत्गृह तथा सबस्टेसनमा समेत गम्भीर क्षति पुगेको छ।
ऊर्जा मन्त्रालयका अनुसार रसुवागढी १११ मेगावाट, चिलिमे २२ मेगावाट, त्रिशूली–३ ‘ए’ ६० मेगावाट, त्रिशूली–३ ‘बी’ ३७ मेगावाट, मैलुङ १४ मेगावाट र त्रिशूली–बेनीघाट ३५ मेगावाटका जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
यसैगरी ५७ मेगावाट क्षमताको साञ्जेन (अप्पर) तथा साञ्जेन जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ।
बाढीबाट आयोजनाका महत्वपूर्ण संरचनामा क्षति पुगेकाले विद्युत् उत्पादन तथा प्रसारणमा समेत असर पर्न सक्ने देखिएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकनको काम भइरहेको मन्त्रालयले जनाएको छ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
-
जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने
