काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम पनि ६ अर्ब रुपैयाँ नाघेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
आज १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबैभन्दा धेरै एभरेस्ट कलर ९ईसीएल० को सेयर मूल्य १४।९९ प्रतिशत र आत्मनिर्भर लघुवित्त को १४.४६ प्रतिशतले बढेको छ। यता, सबैभन्दा बढी ८.९२ प्रतिशतसम्म सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रहँदै ३० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।
क्षेत्रगत सूचकतर्फ फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी, अन्य र व्यापार समूह घटेका छन् भने बाँकी सबै समूहका सूचकमा वृद्धि भएको छ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
