विदेशी लगानी भित्र्याउन सरकारले ल्याएको निर्देशिकामा के के छ त उल्लेख ?
काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने र लगानी स्वीकृतिको प्रशासनिक प्रक्रियालाई थप सरल, पारदर्शी तथा डिजिटल बनाउन उद्योग विभागले ‘वैदेशिक लगानी प्रवृत्ति र लगानीकर्ता निर्देशिका २०२६’ जारी गरेको छ। निर्देशिकाले उद्योग व्यवस्थापन सूचना प्रणालीमार्फत लगानी स्वीकृतिको सम्पूर्ण प्रक्रियालाई अनलाइन बनाएको छ। यसअनुसार लगानीकर्ताले पोर्टलमा दर्ता वा लगइन गर्ने, नयाँ आवेदन सिर्जना गर्ने, आवश्यक विवरणसहित फारम भर्ने, परियोजना प्रस्ताव, संयुक्त लगानी सम्झौता, राहदानी वा परिचयपत्र तथा बैंकको वित्तीय साख प्रमाणपत्र अपलोड गर्ने र अन्तिम स्वीकृति प्राप्त गर्ने गरी पाँच चरण पूरा गरेपछि लगानी स्वीकृति लिन सक्नेछन् ।
निर्देशिकाअनुसार ऊर्जा, कृषि तथा वन, सूचना तथा सञ्चार प्रविधि, पूर्वाधार, उत्पादनमूलक उद्योग, सेवा तथा पर्यटन गरी सात प्राथमिकताप्राप्त क्षेत्रमा ‘स्वचालित मार्ग’ लागू गरिएको छ। यी क्षेत्रमा तोकिएका मापदण्ड पूरा गरी आवेदन दिँदा प्रणालीबाट तत्काल लगानी स्वीकृति प्रमाणपत्र जारी हुने व्यवस्था गरिएको विभागले जनाएको छ।
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
