काठमाडौं । लगातार वर्षासँगै देशका केही जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान छ ।
झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) , नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
सप्तकोसी, तमोर, अरूण, दूधकोसी, तामाकोसी, सुनकोसी, नारायणी, त्रिशूली, कर्णाली, महाकालीलगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
