काठमाडौं । रसुवा भोटेकोसी बाढीबाट सम्पत्ति, आवास तथा भौतिक पूर्वाधारमा करिब दुई अर्ब ५६ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् ।
उनले बाढीपछिको प्रारम्भिक चार महिनामा सडक तथा अस्थायी आवास निर्माण, खानेपानी आपूर्ति र विद्युत् सेवा पुनः सञ्चालनका लागि करिब पाँच करोड २६ लाख डलर खर्च आवश्यक पर्ने बताए ।
बाढीका कारण करिब सात हजार ५०० घर पूर्णरूपमा ध्वस्त भएका छन् । प्रभावित क्षेत्रमा करिब २० हजार घर पुनर्निर्माण गर्नुपर्ने उप्रेतीले बताए ।
जलविद्युत् आयोजना पनि प्रभावित भएकाले तिनको क्षतिबापत बिमा कम्पनीहरूले ठूलो रकम भुक्तानी गर्नुपर्ने बताइएको छ ।
चीन–नेपाल सीमामा भदौ १० गते आएको बाढीपछि नेपालमा हालसम्म १३ सय ४४ जनाको मृत्यु पुष्टि भएको छ । चार हजार ८९८ जना बेपत्ता छन् । ठूलो संख्यामा मानिस विस्थापित भएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बतमा पनि बाढीका कारण ३० भन्दा बढीको मृत्यु भएको छ । ५०० भन्दा बढी बेपत्ता छन् ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
