काठमाडौं । तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ।
बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकृतिका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रारम्भिक आकलनअनुसार विभिन्न आयोजनाका विद्युत्गृह तथा सबस्टेसनमा समेत गम्भीर क्षति पुगेको छ।
ऊर्जा मन्त्रालयका अनुसार रसुवागढी १११ मेगावाट, चिलिमे २२ मेगावाट, त्रिशूली–३ ‘ए’ ६० मेगावाट, त्रिशूली–३ ‘बी’ ३७ मेगावाट, मैलुङ १४ मेगावाट र त्रिशूली–बेनीघाट ३५ मेगावाटका जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
यसैगरी ५७ मेगावाट क्षमताको साञ्जेन (अप्पर) तथा साञ्जेन जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ।
बाढीबाट आयोजनाका महत्वपूर्ण संरचनामा क्षति पुगेकाले विद्युत् उत्पादन तथा प्रसारणमा समेत असर पर्न सक्ने देखिएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकनको काम भइरहेको मन्त्रालयले जनाएको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
