गायिका मधु रसाइलीले आफ्नो जन्मदिनको अवसर पारेर सामाखुसीस्थित मानव सेवा आश्रममा आश्रित वृद्धवृद्धालाई भोजन गराएकी छन्।
जन्मदिन मनाउँदा हुने अनावश्यक तथा फजुल खर्च कटाएर उनले आश्रममा रहेका करिब ७० देखि ८० जना वृद्धवृद्धालाई एक छाक भोजन गराएकी हुन्।
गायन क्षेत्रमा सक्रिय रसाइली सामाजिक सेवामा समेत निरन्तर जोडिँदै आएकी छन्। जन्मदिनमा हुने तडकभडक तथा अनावश्यक खर्चलाई कटौती गर्दै आश्रममा रहेका असहाय वृद्धवृद्धालाई भोजन गराएर उनले सामाजिक उत्तरदायित्व निर्वाह गरेकी हुन्।
जन्मदिनको अवसरमा आश्रममा रहेका बुवा–आमालाई भोजन गराउन पाउँदा आफूलाई निकै आनन्द र आत्मसन्तुष्टि मिलेको रसाइलीले बताइन्।
उनले आफ्ना स्वर्गीय हजुरबुवा रुद्रबहादुर सुनारलाई स्मरण गर्दै उनको चिरशान्तिको कामनासमेत गरेकी छन्। जन्मदिनको अवसरमा व्यक्तिगत खुसीसँगै असहाय तथा ज्येष्ठ नागरिकसँग खुसी साट्दै सामाजिक सेवामा जोडिएको रसाइलीको यो कार्यले सकारात्मक सन्देश दिएको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
