आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् । प्राप्त जानकारीअनुसार मृतक नेपालीको परिवारले काठमाडौं महानगरपालिका र खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी लेखाउँदैछन् ।
त्यहाँका डीएसपी नरेशकुमार सिंहका अनुसार कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्नेबारेमा छलफल गर्न नेपालीको परिवार सोमबार बिहानै त्यहाँ पुगेका थिए । कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी लेखाउन उनीहरु लेखापढी व्यवसायीकहाँ पुगेको उनले बताएका छन् । ‘हामीकहाँ जाहेरी आइपुगेको छैन, लेखाउन जानुभएको छ’, उनले भने, ‘जाहेरी आएपछि दर्ता हुने, नहुने वा प्रतिवादी कसलाई र के आधारमा बनाइएको भन्ने विषयमा केही जानकारी छैन ।’
गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा नेपालीले मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाबाट खटिएका प्रहरीले ह्वील लक लगाएको थियो । त्यसपछि ती प्रहरीसँग उनको विवाद भयो । गणेशले केहीबेरमा मोटरसाइकलको ट्यांकीबाट पेट्रोल झिकेर शरीरमा खन्याएका थिए र आफैँले आफ्नो शरीरमा आगो लगाएका थिए ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
