आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् । प्राप्त जानकारीअनुसार मृतक नेपालीको परिवारले काठमाडौं महानगरपालिका र खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी लेखाउँदैछन् ।
त्यहाँका डीएसपी नरेशकुमार सिंहका अनुसार कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्नेबारेमा छलफल गर्न नेपालीको परिवार सोमबार बिहानै त्यहाँ पुगेका थिए । कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी लेखाउन उनीहरु लेखापढी व्यवसायीकहाँ पुगेको उनले बताएका छन् । ‘हामीकहाँ जाहेरी आइपुगेको छैन, लेखाउन जानुभएको छ’, उनले भने, ‘जाहेरी आएपछि दर्ता हुने, नहुने वा प्रतिवादी कसलाई र के आधारमा बनाइएको भन्ने विषयमा केही जानकारी छैन ।’
गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा नेपालीले मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाबाट खटिएका प्रहरीले ह्वील लक लगाएको थियो । त्यसपछि ती प्रहरीसँग उनको विवाद भयो । गणेशले केहीबेरमा मोटरसाइकलको ट्यांकीबाट पेट्रोल झिकेर शरीरमा खन्याएका थिए र आफैँले आफ्नो शरीरमा आगो लगाएका थिए ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
