गोरखा, सिरनचोक — य़ोङ्ग कम्युनिस्ट लिग (YCL) नेपाल, सिरनचोक गाउँ कमिटिको दोस्रो पालिका सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड अमर तमुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उक्त सम्मेलनमार्फत कमरेड रोशन बि.क.को अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको छ। नयाँ कार्यसमितिमा विभिन्न तहका युवाहरूको प्रतिनिधित्व रहेको छ।
नयाँ कार्यसमिति निम्नानुसार चयन गरिएको छ:
-
अध्यक्ष: कमरेड रोशन वि.क.
-
उपाध्यक्ष: राजेन्द्र पोखरेल
-
उपाध्यक्ष: कमरेड विपिन मग्राती
-
सचिव: कमरेड आशिष गुरुङ
-
सह-सचिव: कमरेड शिवराम गुर
-
सह-सचिव: कमरेड विष्णु रेग्मी
-
सह-सचिव: कमरेड एलिना बराम
-
कोषाध्यक्ष: कमरेड मन बहादुर गुर
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सदस्य रोहित गुरुङले सम्मेलनबारे जानकारी दिँदै, युवाहरूलाई संगठित गर्दै पार्टीलाई बलियो बनाउने दिशामा यो सम्मेलनले नयाँ ऊर्जा थपेको बताएका छन्।
सम्मेलनले संगठनात्मक सुदृढीकरणसँगै स्थानीय तहमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको बताइएको छ।

