काठमाडौं । श्रीलङ्काको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार गम्भीर घाइतेहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। आइतबार दिउँसो करिब १ बजे कैदीका दुई समूहबीच झडप भएपछि घटना सुरु भएको थियो। स्थिति नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः हिंसा भड्किएको बताइएको छ। मृतक तथा घाइतेमध्ये कारागारका अधिकारी र सुरक्षाकर्मीहरू पनि रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
