काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।
आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए । ओलीले लोकप्रियताको नाममा पपुलिज्मको भद्दा अभ्यास भइरहेको पनि टिप्पणी गरे । उनले सामाजिक सञ्जालमा दर्ता, उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको बताए।
ओलीले लोकप्रियता हासिल गर्ने नाममा ’पपुलिज्म’ को भद्दा अभ्यास भइरहेको उल्लेख गर्दै त्यसले समाज र राजनीतिमा विकृति बढाएको धारणा राखे।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
