काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आमनागरिक मात्र नभई उद्योग, व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन् ।
निराशाकै कारण व्यापारी र केही युवाले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले यसनिम्ति पूर्ण रूपमा नभए पनि केही हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गरे । दुईतिहाइनजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना रहने उनले बताए ।
उनले आफूहरूको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहे पनि अहिलेसम्मको काम हेर्दा यस्तो संकेत नदेखिएको तर्क गरे ।
अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै ‘स्टन्ट’ गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने नभएको बताए । देशमा उत्पन्न हुने जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको उनले सुनाए ।
उनले अरू पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पारे ।
बर्खायामपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए । हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम आफूहरूले गर्ने उनको भनाइ छ ।
उनले अबको स्थानीय तह निर्वाचन र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने जिकिर गरे । त्यसपछिको संघको चुनावमा उज्यालो नेपालबाहेक जनताले अरू कुनै पार्टी नरोज्ने उनले दाबी गरे
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
