काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले परिवर्तनलाई आत्मसाथ गर्छु भनेका लिखित वक्तव्य जारी गरेका निवर्तमान सभापति शेरबहादुर देउवालाई आजको राष्ट्रिय भेलाबाट पनि त्यही सन्देश दिन सुझाव दिएका छन् ।
सानेपामा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले युवालाई अगाडि बढाउँछु र परिवर्तनलाई आत्मसाथ गर्छु भनेका देउवाले आजको भेलाबाट पनि त्यही सन्देश दिन सक्नुपर्ने बताएका हुन् ।
उनले देउवाले भनेझैँ कांग्रसले अहिले परिवर्तनलाई आत्मसाथ गरेको प्रस्टोक्ति दिए । हामीले ३६ वर्षको युवकलाई प्रधानमन्त्री मानेका छौँ । त्यही उमेर आसपासको युवालाई कांग्रेसको सभापति स्वीकार्ने हृदय राख्न सकेनौँ भने त्यहाँ प्रश्न उब्जन्छ शर्माले भने ।
शर्माले देउवाले अभिभावकीय भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखे ।
साथै शर्माले कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले पुनरवलोकनको निस्सा दिएसँगै कांग्रेस फुट्ने सम्भावना समाप्त भएको बताएका छन् ।
उनले सर्वोच्चले निस्सा दिएसँगै कांग्रेस फुट्ने सम्भावना सकिएको र अब अर्को पक्षले गरिरहेको राष्ट्रिय भेलापछि फेरि एकताका लागि संवाद हुने बताए ।
उनले भेला आयोजकमध्येका नेता तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइरालाले पनि एकताकै पक्षमा मत राखिरहेकोले भेलापछि कांग्रेस एक हुने विश्वास व्यक्त गरे ।
ुअदालतले निस्सा दिइसकेपछि अलग्गै दल बन्ने सम्भावना सकिएको छ । त्यो भेलापछि पनि हामी संवाद गर्नेछौँ । सबै कुराका लागि खुला छौँ शर्माले भने, ुतत्कालीन कार्यवाहक सभापति र नेता शेखर कोइरालाको मत पनि एकताकै पक्षमा छ । उहाँहरूको मतलाई भेलाले आत्मसाथ गर्नेछ भन्ने हामीलाई लागिरहेको छ ।
प्रतिक्रिया दिनुहाेस्
सम्बन्धित
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
