काठमाडौं । भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन्।
पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा बिहीबार बिहान पत्रकारहरुले प्रहरी परिसरको कार्यालय अगाडि धर्ना दिएका हुन्।
नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरू त्यहाँ पुगेका थिए।
पत्रकारहरुले किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै नाराबाजी पनि गरेका छन्।
धर्नाका क्रममा पत्रकार र प्रहरीबीच धकेलाधकेल पनि भएको थियो।
जनआस्था साप्ताहिकका अध्यक्ष रहेका श्रेष्ठ बुधबार बेलुकी पक्राउ परेका थिए।
उनीविरूद्ध एक महिलाले वैयक्तिक गोपनीयता भंग गरेको आरोप लगाउँदै उजुरी दिएपछि परिसरको टोलीले श्रेष्ठलाई नख्खुबाट पक्राउ गरेको थियो।
पक्राउपछि बिहीबार बिहान प्रहरीले जनआस्थाको कार्यालयमा पनि खानतलासी गरेको थियो।
खानतलासी गरी त्यहाँबाट कम्प्युटरका सिपियू र अरू उपकरणहरू लिएको छ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
