काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै चुनदेवीस्थित निवास लागेका छन् ।
जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित घरमा आगजनी भएपछि देउवा परिवार अस्थायी रूपमा चुनदेवी बस्दै आएको छ ।
सुरक्षाकर्मीको स्कर्टिङ र नेता कार्यकर्ताहरूले देउवालाई निवाससम्म पुर्याउनेछन् । देउवा साढे पाँच महिनापछि बिहीबार ९साउन २८० स्वदेश फर्केका हुन् । उनी गत फागुनदेखि उपचारका सिलसिलामा सिंगापुर र हङकङ थिए । हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन् ।
देउवालाई स्वागत गर्न नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेताहरू विमानस्थल पुगेका थिए । देउवालाई बाजागाजासहित स्वागत गरिएको नेताहरूले जनाएका छन् ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
