काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै चुनदेवीस्थित निवास लागेका छन् ।
जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित घरमा आगजनी भएपछि देउवा परिवार अस्थायी रूपमा चुनदेवी बस्दै आएको छ ।
सुरक्षाकर्मीको स्कर्टिङ र नेता कार्यकर्ताहरूले देउवालाई निवाससम्म पुर्याउनेछन् । देउवा साढे पाँच महिनापछि बिहीबार ९साउन २८० स्वदेश फर्केका हुन् । उनी गत फागुनदेखि उपचारका सिलसिलामा सिंगापुर र हङकङ थिए । हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन् ।
देउवालाई स्वागत गर्न नेपाली कांग्रेस संस्थापनइतर पक्षका नेताहरू विमानस्थल पुगेका थिए । देउवालाई बाजागाजासहित स्वागत गरिएको नेताहरूले जनाएका छन् ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
