काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उनको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताएका हुन्। यसप्रति शतर्क रहन पनि उनले आग्रह गरे। उपचारका क्रममा देशबाहिर रहेका देउवाका नाममा भइरहेको गुटगत भेला र गतिविधिप्रति पनि महामन्त्री घिमिरेले आपत्ति जनाएका छन्।
बैठकमा नेता घिमिरेले पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणको विषयमा समेत धारणा राखे।
४८ दिनसम्म केन्द्री समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी हुन नसक्नु दुखद भएको उनको भनाइ।
उनले पार्टीभित्रको विवाद र निर्वाचन आयोगको प्रक्रियाका बारेमा स्पष्ट पार्दै घिमिरेले आयोगले दुवै पक्षसँग पर्याप्त छलफल गरेको दाबी गरे। कांग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको बताउँदै घिमिरेले पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ बनाइने दृढता व्यक्त गरे।
कांग्रेसको आगामी संघर्ष लोकतन्त्रको रक्षा र नयाँ पुस्ताको भविष्यका लागि भएको उनको भनाइ छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
