काठमाडौं । लुम्बिनी प्रदेशमा अहिलेकै सरकारलाई निरन्तरता दिन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी (मसाल) सँग सहमति गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच आज २ बुँदे सहमति भएको हो।
एमाले र नेकपाबीच यसअघि भएको सहमतिअनुसार लुम्बिनीमा एमालेको मुख्यमन्त्री रहने उल्लेख थियो।
लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्। एमालेले आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने बताएको थियो।
आचार्य नेतृत्वको सरकारलाई बहुमत पुर्याउन १ सांसद आवश्यक पर्ने भएपछि नेकपा ९मसाल० सँग सहमति गरिएको हो। लुम्बिनीमा नेकपा ९मसाल०का १ जना सांसद छन्। ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुख बराबर भएका खण्डमा बाहेक मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप १ सांसदको साथ चाहिन्छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभामा विश्वास मत लिने तयारीसमेत गरेका छन्।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
