काठमाडौं । लुम्बिनी प्रदेशमा अहिलेकै सरकारलाई निरन्तरता दिन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले नेपाल कम्युनिस्ट पार्टी (मसाल) सँग सहमति गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच आज २ बुँदे सहमति भएको हो।
एमाले र नेकपाबीच यसअघि भएको सहमतिअनुसार लुम्बिनीमा एमालेको मुख्यमन्त्री रहने उल्लेख थियो।
लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्। एमालेले आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने बताएको थियो।
आचार्य नेतृत्वको सरकारलाई बहुमत पुर्याउन १ सांसद आवश्यक पर्ने भएपछि नेकपा ९मसाल० सँग सहमति गरिएको हो। लुम्बिनीमा नेकपा ९मसाल०का १ जना सांसद छन्। ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुख बराबर भएका खण्डमा बाहेक मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप १ सांसदको साथ चाहिन्छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभामा विश्वास मत लिने तयारीसमेत गरेका छन्।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
