काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्धार तथा राहत कार्यका लागि रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जनाएका छन् ।
अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।
“विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न काम सुरु भएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ,” प्रधानमन्त्री शाहले भनेका छन् ।
तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको उनले जनाएका छन् ।
“सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकोप्टरहरूलाई प्रभावित क्षेत्रतर्फ पठाइएको छ । निजी हेलिकोप्टर कम्पनीहरूलाई पनि हेलिकोप्टरहरु स्टयाण्डबाई राख्न जानकारी गराइएको छ भने केही हेलिकोप्टर प्रभावित क्षेत्र तर्फ गएका छन्,” प्रधानमन्त्री शाहले भनेका छन् ।
प्रधानमन्त्री शाहले अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको जनाएका छन् ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
-
जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने
