काठमाडौ । बेलायतमा नेतृत्व परिवर्तनसँगै नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले मंगलबार आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक आयोजना गरेका छन्। पदभार ग्रहण गरेलगत्तै उनले अघिल्लो प्रधानमन्त्री कियर स्टार्मरको मन्त्रिमण्डलमा व्यापक फेरबदल गर्दै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिब्यान्डलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका छन्।
५६ वर्षीय बर्नहमले सरकारको नेतृत्व सम्हालेसँगै अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियता पनि बढाएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका छन्। ट्रम्पले वार्तामा व्यापारिक सम्बन्ध र रक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन्। बेलायतको नयाँ नेतृत्वप्रति जर्मनीले पनि सकारात्मक सन्देश दिएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले बर्नहमलाई बधाई दिँदै दुई देशबीचको ‘केन्सिङ्टन सन्धि’लाई कार्यान्वयनतर्फ अघि बढाउने र युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
