काठमाडौं । संविधानसभा सदस्य एवम् नेकपा एमालेका नेता ईश्वर पोखरेलको श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ ।
पोखरेलले श्रीमतीको भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा क्यान्सरको उपचार भइरहेको पोखरेल आफैले आफ्नो सामजिक सन्जाल मार्फत जानकारी दिएका हुन् । मिरा संविधानसभा सदस्य पनि हुन् । उनलाई के को क्यान्सर भएको हो खुलाएका छैनन् ।
श्रीमतीको उपचारमा खटिनुपरेकाले यसबीच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष जोडिन नसकेको उनले बताएका छन् ।
उपचारको क्रम अझै जारी रहने भएका कारण आफ्नो उपस्थिति र गतिविधि अझै प्रभावित रहने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै श्रीमतीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउने साथीहरू तथा आफन्तजनप्रति आभार व्यक्त समेत गरेका छन् ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
