काठमाडौं । सरकारले ६ देशमा रहेका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन भनेको छ । कार्यकाल पूरा गरी उनीहरू फर्कने तयारीमा थिए । तर, सरकारले अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनेको हो ।
“६ देशका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको हो । बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका निम्ति नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वाग्ले, ब्राजिलमा निर्मलराज काफ्ले, म्यानमारमा हरिश्चन्द्र घिमिरे, अस्ट्रियास्थित राष्ट्रसंघीय स्थायी नियोगका स्थायी प्रतिनिधि एवं राजदूत भरत रेग्मी र इजिप्टका निम्ति नेपाली राजदूत सुशील लम्साललाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको छ । राजदूत नियुक्तिमा ढिलाइ भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
