काठमाडौं । आफू हिंसामा परेको भन्दै न्याय मागिरहेका निहारिका राजपुत र विनु यादव पक्राउ परेका छन् । केही दिनदेखि सिंहदरबार गेटमा धेर्ना दिइरहेका उनीहरूलाई गेटभित्र प्रवेश गर्दा यसअघि पनि प्रहरीले पक्राउ गरेको भिडियो सार्वजनिक भएको थियो ।
बिहीबार बिहान ९ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका दुवैलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । दुवैलाई महानगरीय प्रहरी प्रभाग मालिगाउँमा राखिएको छ । निहारिकाकी सानी छोरी भने बाहिरै छुटेको छिन । निहारिका र विनु घरेलु हिंसामा परेका महिला हुन् ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
