उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको टिप्पणी गरेका छन् । शनिबार (असार २७) काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनपछि बनेको करिब दुईतिहाइ बहुमतको सरकारबाट जनताले ठूलो सामाजिक र आर्थिक परिवर्तनको आशा गरे पनि विश्वास जगाउन असफल भएको बताएका हुन् । आमजनता, विशेष गरी गरिब र निमुखा वर्गमा निराशाको वातावरण बढ्दै गएको उनले उल्लेख गरे ।
मुगुका गणेश नेपालीको आत्मदाह लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको उनले बताए ।उनले अहिले व्यक्तिगत र सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारीको अभाव देखिएको टिप्पणी गरे । उज्यालो नेपाल पार्टीले धनी र गरिबबीचको खाडल कम गर्न विशेष विकास मोडल अघि सारेको उनले बताए । उक्त मोडलको मुख्य आधार ‘हरित क्रान्ति’ भएको उनले सुनाए ।
उनले जलविद्युत्, कृषि र पर्यटनजस्ता स्रोतको सदुपयोग गर्दै आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखिएको बताए ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
