काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको सूचनाअनुसार बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा शून्य समय, नयाँ सदस्यहरूको शपथग्रहण, उपसमितिहरूको आगामी कार्ययोजनाबारे छलफल तथा थप उपसमिति विस्तारका विषयमा निर्णय हुने जनाइएको छ।
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
