काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्त्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन् ।
उनले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिएका छन् । सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले उक्त निर्देशन दिएका हुन् ।
बैठकमा निर्देशन सुनाउँदै उनले भने, ‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसद्लाई अवगत गराउनुपर्नेमा सभामुखले विशेष जोड दिएका छन् ।
-
विश्वकप लिग-२: नेपाल नामिबियासँग फराकिलो अन्तरले पराजित
-
‘मेरो माया यूकेको लाहुरे हो’ : प्रेमिकाका हरेक चाहना पूरा गर्ने लाहुरेको कथा
-
ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
अमेरिकाले गर्यो १३ औं रात पनि इरानमाथी हवाइ आक्रमण, बढ्यो तेलको मूल्य
-
कीर्तिपुरमा पार्किङ गरिएको निजि कार भित्र जलेको व्यत्ती मृत फेला
