काठमाडौं । कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
१० साउन राति गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले रवीन्द्रको मृत्यु भएको पुष्टि गरे ।
यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।
रवीन्द्रको बायाँ तिघ्रामा गोली लागेको थियो । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनको बायाँ खुट्टा काटिएको भए पनि स्वास्थ्यमा सुधार आउन नसक्दा उनको मृत्यु भएको हो ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
