काठमाडौं । युक्रेनबाट छुटेको मालवाहक जहाजमा मिसाइल आक्रमण हुँदा १० जनाको मृत्यु भएको छ । ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाज ‘एमभी गोल्डेन लियो’मा भएको मिसाइल आक्रमणमा १० जना चालक दलका सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ । जहाजमा भारत र सिरियाका नागरिक रहेका छन् ।
युक्रेनको नौसेनाका अनुसार टर्कीको स्वामित्वमा रहेको उक्त जहाज खाद्यान्न बोकेर ओडेसा बन्दरगाहबाट प्रस्थान गरिरहेको बेला रुसी मिसाइल प्रहार भएको हो । युक्रेनको नौसेनाले रुसले मिसाइल प्रहार गरेपछि जहाजमा आगालागी भएको थियो ।
यसैबीच, भारतीय संचारमाध्यमले मारिनेमा चारजना भारतीय नागरिक छन् । अर्का एक भारतीय गम्भीर घाइते भएका जनाएका छन् । भारतको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार जहाजमा १७ जना चालक दलका सदस्य सवार थिए, जसमा पाँचजना भारतीय थिए ।
हालैका दिनहरूमा द्वन्द्वप्रभावित समुद्री क्षेत्रहरूमा जहाजमाथि हुने आक्रमणका घटनाहरू बढ्दै गएका छन् । गत हप्ता पनि भारतले बढ्दो क्षेत्रीय तनावलाई ध्यानमा राख्दै भारतीय जहाजका कामदारहरूको तैनाथीका विषयमा जहाज मालिकहरू तथा एजेन्सीहरूलाई सतर्क रहन सल्लाह दिएको थियो
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
