काठमाडौं । उपचारका क्रममा निधन भएका गणेश नेपालीका आफन्तले परिवारको दीर्घकालीन जिम्मेवारी सरकारले नलिएसम्म शव नबुझ्ने अडान लिएका छन्। गणेशका भतिज मन नेपालीले गणेश नै परिवारको मुख्य आर्थिक आधार भएकाले अब उनकी श्रीमती र सानी छोरीको भविष्य अन्योलमा परेको बताए। उनका अनुसार गणेशकी श्रीमती अध्ययनरत छिन् भने छोरी अझै सानै भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिएको छ। आफन्तले सरकारले स्पष्ट प्रतिबद्धता नजनाएसम्म शव नबुझ्ने चेतावनी दिएका छन्। माग सम्बोधन नभए माइतीघरलगायतका स्थानमा आन्दोलनमा उत्रिने तयारीसमेत रहेको उनीहरूले बताएका छन्। गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उनलाई तत्काल वीर अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो र विशेषज्ञ चिकित्सकको निरन्तर उपचारका बाबजुद उनको निधन भएको हो। गणेश नेपालीको निधनसँगै परिवारले आर्थिक सुरक्षा, श्रीमती र छोरीको भविष्य सुनिश्चित गर्न तथा राज्यबाट आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग औपचारिक माग अघि सारेको छ।
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
