नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका गोरखाली नव गायक अमिस उपरकोटीले गीत ‘सुट हान्दिन्छु’ मार्फत ठूलो चर्चामा आएपछि दोस्रो ‘बी–स्टार म्युजिक अवार्ड’मा उत्कृष्ट नव–गायक (लोक–पप) को अवार्ड आफ्नो नाममा दर्ज गराएका छन्। छोटो समयमै दर्शक–श्रोताका बीच लोकप्रियता जमाएका उपरकोटीले कडा प्रतिस्पर्धी मनोनयनहरूलाई पछि पार्दै यो सम्मान हात पार्न सफल भएका हुन्।
लोक र पप शैलीको आकर्षक मिश्रणमा तयार गरिएको गीत सुट हान्दिन्छु ले डिजिटल प्लेटफर्ममा उल्लेखनीय दर्शक–श्रोता बटुलेर उनलाई चर्चाको केन्द्रमा पुर्याएको थियो। युवापुस्ताको भावना, मौलिक भाषाशैली र आधुनिक एरेन्जको संयोजनमा बनेको यस गीतले उनीलाई संगीत उद्योगमा पहिचान बनाउने महत्वपूर्ण आधार बनेको छ।
अवार्ड समारोहमा उपस्थित वरिष्ठ संगीतकर्मीहरूले अमिसको स्वर, ऊर्जा र फरक शैलीलाई सराहना गर्दै उनी आगामी दिनमा लोक–पप विधामा बलियो नाम बन्ने विश्वास व्यक्त गरे। अवार्ड ग्रहण गर्दै अमिस उपरकोटीले गीतलाई माया गर्ने सबै दर्शक, श्रोता र टिमप्रति धन्यवाद व्यक्त गर्दै निरन्तर मेहनतसहित नयाँ सिर्जना ल्याउने प्रतिबद्धता जनाए।
बी–स्टार म्युजिक अवार्डमा प्राप्त यो सम्मानले अमिस उपरकोटीलाई नव प्रतिभामध्ये अग्रपङ्तिमा स्थापित गरिदिएको छ। उनका समर्थक र संगीत प्रेमीहरूका लागि यो उपलब्धि उत्साहको विषय बनेको छ। नेपाली लोक–पप संगीतमा उदाउँदै गरेका युवा स्वरहरूबीच अमिस उपरकोटी अब नयाँ आकर्षणका रूपमा पहिचान स्थापित गर्दै अघि बढिरहेका छन्।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
