काठमाडौं । पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा एकपछि अर्को गर्दै नयाँ-नयाँ सिर्जनाहरू सार्वजनिक भइरहेका छन्। यसै क्रममा गायक कमल बिसी माल्दाईले आफ्नो बिल्कुलै नयाँ लोकदोहोरी गीत “दाँतै झरी जाउन” सार्वजनिक गरेका छन्।
गीतमा कमल बिसी, एलिना चौहान, समीक्षा अधिकारी र दिपाश्री निरौलाको सुमधुर स्वर सुन्न सकिन्छ। साथै, भिडियोमा दिपाश्री निरौला, एलिजा गौतम र स्वयं कमल बिसीकै दमदार अभिनय प्रस्तुत गरिएको छ।
यस गीतलाई सुप्रिमराज विश्वकर्माले शब्द र संगीत दिएका छन् भने, यम थापा मगरले एरेन्ज गरेका छन्। भिडियो निर्देशनमा विक्रम चौहानको उत्कृष्ट प्रस्तुति रहेको छ।
गीतको शब्द “मेरा कुरा काट्नेको दाँतै झरी जाउन” वरिपरि निर्माण गरिएको छ, जसले फरक स्वादको मनोरञ्जनात्मक लोकदोहोरी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। दर्शक र संगीतप्रेमी श्रोताहरूको मन जित्ने विश्वासमा सार्वजनिक गरिएको यो गीतले छोटो समयमा नै लोकप्रियता हासिल गर्ने अनुमान गरिएको छ।
हेर्नुहोस् गीतको भिडियो : https://www.youtube.com/watch?v=E3pTeMMoJOY
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
