बुटवल
तिलोत्तमा नगरपालिका–४मा हालसालै धर्मगुरु प्रकाश भुजेलको आगमनसँगै आध्यात्मिक चेतनाको लहर फैलिएको छ। विभिन्न रोगबाट पीडित बिरामीहरूलाई ध्यान, सकारात्मक ऊर्जा र आध्यात्मिक परामर्शमार्फत सेवा दिँदै आएका भुजेल अहिले बुटवलमै केही समय रहने तयारीमा छन्।
उनले स्थापना गरेको अस्थायी सेवा केन्द्रमा दैनिक हजारौं भक्तजनहरूको उपस्थिति देखिन्छ। शारीरिक मात्र होइन, मानसिक र आत्मिक समस्याबाट ग्रस्त व्यक्तिहरू समेत राहतको खोजीमा यहाँ आइरहेका छन्। उनीहरू भुजेलद्वारा सञ्चालित ध्यान विधि र उपचारबाट राहत पाएको अनुभव सुनाउँछन्।
धर्मगुरु प्रकाश भुजेल विगत एक दशकदेखि नेपालका विभिन्न स्थानमा आध्यात्मिक जागरण, ध्यान अभ्यास र सामाजिक सेवामा सक्रिय छन्। उनले आफ्नो साधना र अनुभवको माध्यमबाट मानव मन र शरीरमा सकारात्मक परिवर्तन ल्याउने प्रयत्न गर्दै आएका छन्। रोगीहरूलाई छुनु, मन्त्र जाप गर्नु र ध्यानमार्फत ऊर्जा प्रवाह गराउनु उनको सेवा शैली हो।
बुटवलमा उनको आगमनसँगै तिलोत्तमा–४ को त्यो क्षेत्र एउटा सानो आध्यात्मिक केन्द्रमा परिणत भएको छ। सेवाको प्रभाव यति छ कि स्थानीय बासिन्दादेखि टाढाटाढाबाट आएका भक्तजनसम्म सेवा लिनका लागि लामबद्ध देखिन्छन्।
धर्मगुरु प्रकाश भुजेल स्वयंले भने, “मानिसलाई केवल औषधिले होइन, आत्माको उपचारले पनि निको पार्न सकिन्छ।”
उनको यो आध्यात्मिक अभियानले बुटवलमा आशा, श्रद्धा र सकारात्मक ऊर्जा फैलाएको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
