काठमाडौं । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छन् । शनिबार काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएकी हुन् । द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा विजेता घोषित भएकी दीपमाला यसअघि ‘मिस नेपाल हङकङ इन्टरनेसनल–२०२५’ को उपाधिसमेत जितिसकेकी छन्। लामो समयदेखि हङकङमा बसोबास गर्दै आएकी उनी शैक्षिक र व्यावसायिक दुवै क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन् ।
फाइनान्स तथा इकोनोमिक्स विषयमा स्नातक गरेकी दीपमालाले विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक’ मा समेत काम गरेकी छन्। तर आफ्नी आमाले अधुरै छाड्नुपरेको मिस नेपालको सपना पूरा गर्ने उद्देश्यले उनले आकर्षक जागिर त्यागेर नेपाल फर्किने निर्णय गरेकी थिइन् । दीपमालाकी आमाले सन् १९९४ को मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। वर्षौंअघि अधुरो रहेको त्यही सपना अहिले छोरीमार्फत साकार भएको छ।
सौन्दर्य प्रतियोगितासँगै दीपमाला खेलकुदमा पनि सक्रिय छिन्। उनी तेक्वान्दो खेलाडी हुनुका साथै म्याराथन धावकका रूपमा समेत परिचित छिन् । यस वर्षको प्रतियोगितामा आर्या निशान्त ‘मिस नेपाल इन्टरनेसनल’ घोषित भइन् भने कोसिस सुब्बाले ‘मिस नेपाल कस्मो’ को उपाधि जितिन्।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
