काठमाडौं – नेपाली मौलिक सांगीतिक क्षेत्रले अर्को नयाँ सिर्जना प्राप्त गरेको छ। “यु के लान्छु रेलीमै” बोलको नयाँ गीत हालै समिप ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतमा सचिन भट्टराई र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ। यस गीतका लय र शब्द पनि गायक सचिन भट्टराई स्वयंले तयार गरेका हुन्, जसले गीतलाई अझ गहिरो भाव र मौलिकता प्रदान गरेको छ।
गीतको म्युजिक भिडियोमा सुनिल न्यौपाने, गरिमा शर्मा, सरोज पौडेल, भीमार्जुन ओली, निक्सन लोहनी, र रबिना पाण्डेले अभिनय गरेका छन्। भिडियोको निर्देशन दिलिप समानले गरेका हुन्।
सांस्कृतिक र पारम्परिक भावनालाई समेट्दै तयार पारिएको यो गीतले नेपाली जनजीवनको परिवेश झल्काउँछ। “यु के लान्छु रेलीमै” गीतले विशेषगरी नेपाली समुदायमा विदेश यात्रा, प्रेम, र सामाजिक परिवेशको यथार्थतालाई चित्रण गर्न खोजेको देखिन्छ।
गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। मौलिक गीत संगीतमा रुचि राख्ने स्रोता तथा दर्शकका लागि यो गीत एक उत्कृष्ट सिर्जना बन्ने अपेक्षा गरिएको छ।
हेर्नुहोस् गीत: https://youtu.be/gCWcMKJe8Zc?si=SBMQPsfNbCemj1FX
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
