काठमाडौँ- नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त रमाईलो गीतमा बनेको भिडियोमा बरिष्ट कलाकार किरण केसी र दीपाश्री निरौलाले रोमान्स गरेका छन् ।
आज राजधानीको अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रमको आयोजना गरि उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस गीतको म्युजिक भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन भने क्यामरा र एडिटमा टेकेन्द्र शाही छन् । श्याम महर्जनको संगीत, दिपक गिरीको छायाङ्कन रहेको यो भिडियो राजधानी काठमाडौं गोकर्णको सहिद पार्कमा छायाङ्कन गरिएको छ ।यो म्युजिक भिडियो मेला रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो ।
प्रतिक क्रियसन नामक युटुब च्यानलमा गएर भिडियो हेर्नुहोस ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
