नेपाली लोकदोहोरी संगीतमा नयाँ स्वाद लिएर आएको गीत ‘हे माया’ सार्वजनिक भएको छ। गायक बद्री सापकोटा, गायिका ज्ञानु परियार को स्वर रहेको गीतमा रमेश परियारकै शब्द तथा लय समावेश गरिएको छ। भिडियोमा मनोज गुरुङ र तुलसी गुरुङ को अभिनय देख्न सकिन्छ भने निर्देशन मुकेश नेपाली ले गरेका छन्।
गीत सार्वजनिक भएसँगै सबैभन्दा बढी चर्चा मोडल तुलसी गुरुङ को भइरहेको छ। गुरुङ समुदायको मौलिक पहिरन, ग्रामीण परिवेश र स्वाभाविक अभिनयमार्फत उनले दर्शकको मन जित्न सफल भएकी छन्। भिडियोमा उनको अभिव्यक्ति, हाउभाउ र पात्रअनुसारको प्रस्तुतिले गीतलाई थप जीवन्त बनाएको छ।
लोकसंस्कृतिको सुगन्ध बोकेको ‘हे माया’मा तुलसी गुरुङ केवल मोडलका रूपमा मात्र होइन, कथावस्तुको मुख्य आकर्षणका रूपमा प्रस्तुत भएकी छन्। विशेषगरी युवा पुस्ताले उनको अभिनय र स्क्रीन प्रेजेन्सको प्रशंसा गरिरहेका छन्। रातको दृश्य, गाउँघरको वातावरण र मौलिक कथासँग तुलसीको प्रस्तुति स्वाभाविक रूपमा मेल खाएको देखिन्छ।
निर्देशक मुकेश नेपालीले भिडियोमा मौलिकता जोगाउने प्रयास गरेका छन् भने मनोज गुरुङ र तुलसी गुरुङको जोडीले कथालाई प्रभावकारी रूपमा अघि बढाएको छ। गीतको भावलाई दर्शकमाझ पुर्याउन तुलसीको अभिनय महत्वपूर्ण आधार बनेको देखिन्छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
