काठमाडौं – टिकटकमा “ए भगुवान, भैसिले भात् खाए हुन्न” भन्ने रमाइलो ठट्यौली संवादमार्फत चर्चामा आएकी चमेली नामले चिनिने उस्मिता सारु मगर अब अभिनयको दुनियामा पनि उत्रिएकी छिन्। उनले पहिलोपटक अभिनय गरेको तीज गीत ‘यहि त होनी तीजको लहर’ हालै सार्वजनिक भएको छ।
गीतमा निशा मगर, उश्मिता सारु मगर र आशा मगरको आकर्षक अभिनय देख्न पाइन्छ। गीतलाई सुजन बाबु गुरुङको शब्द–लयमा, कन्चन पुन मगर, रोजिना बस्नेत र बिन्दु बिसीले स्वर दिएका छन्। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।
सुजन बाबु गुरुङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले तीजको रौनक, रमाइलोपन र सांस्कृतिक रंगलाई झल्काउने प्रयास गरेको छ। सामाजिक सञ्जालमा पहिल्यै चर्चित उस्मिताको यो पहिलो तीज यात्रा दर्शकमाझ कस्तो लोकप्रिय हुन्छ भन्ने उत्सुकता बढेको छ।
भिडियो हेर्न तल को लिंक खोल्नु होस् :
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
