काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।
सोही क्रममा चर्चित गायिका गीता सेञ्चुरीको मौलिक तीज बिशेष गीत “दुई दिने जिवनमा” सार्वजनिक भएको छ। यस गीतमा गीता सेञ्चुरीको स्वर रहेको छ भने गीता सेञ्चुरी कै शब्द, भिमसेन खतिवडाको संगीत रहेको छ।
सो गीतको भिडियोमा सञ्जिब ठकुरीको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सन्तोष तिमल्सिनाको छायांकन, कल्पेश बिश्वकर्माको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा रञ्जिता लामा र सारदा गुरुङको अभिनय रहेको छ। यस गीतको भिडियोलाई सञ्जिब ठकुरीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
