काठमाडौं, वैशाख ३० – नयाँ वर्ष २०८२ को अवसरमा नेकपा माओवादी केन्द्र सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिले आज काठमाडौंमा एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गण्डकी प्रदेश समितिका संयोजक रामप्रसाद भन्तना, प्रदेश समितिका सदस्य तथा गोरखा–काठमाडौं सम्पर्क समन्वयका इञ्चार्ज मुक्ति पोख्रेल, गोरखा काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष चन्दन थापा मगर, सिरानचोक सम्पर्क समन्वय समितिका इञ्चार्ज किरण पन्त, सम्पूर्ण पालिका अध्यक्षहरू र सचिवालय सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पार्टीका सयौं कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको कार्यक्रममा ५० जनाले स्वेच्छिक रक्तदान गरेका थिए। कार्यक्रमको संयोजन विनोद बाबु पोख्रेलले गरेका थिए।
कार्यक्रममार्फत सामाजिक सेवामा राजनीतिक दलहरूको सक्रिय सहभागिता र मानवीय सेवाको सन्देश दिन खोजिएको आयोजकले बताएका छन्।
रक्तदान कार्यक्रमले नयाँ वर्षको सुरुवातलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै, युवाहरूलाई समाजसेवातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
