काठमाडौ । जनकपुरस्थित जानकी मन्दिरमा प्रवेश गर्न पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विरोधका कारण दर्शन नगरी फर्किएका छन्।मंगलबार बिहान हर्क साम्पाङ समर्थकसहित जानकी मन्दिर पुग्ने तयारीमा थिए। तर, मन्दिर परिसरमा उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच धकेलाधकेल भएपछि तनाव सिर्जना भयो। स्थिति झडपतर्फ जान सक्ने देखेपछि प्रहरीले सुरक्षा कारण देखाउँदै साम्पाङलाई मन्दिर प्रवेश गर्न रोकेको थियो। हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै मन्दिर प्रवेश गर्न नदिने घोषणा यसअघि नै गरेको थियो। घटनापछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको जनाएको छ। घटनालगत्तै हर्क साम्पाङले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै जनकपुरमा तनाव, तर गृहमन्त्रीको फोन अफ” भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
