काठमाडौं । प्रत्येक बर्ष दुर्घटनाको उच्च जोखिममा रहेको चितवनमा गत आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा करिब ५० प्रतिशतले कमी आएको छ । दुर्घटना घटेसँगै मृत्यु हुनेको संख्या पनि गत बर्ष भन्दा १२. ५ प्रतिशतले कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कले देखाएको हो ।
यतिबेला ट्राफिक प्रहरीले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएको छ साथै दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या घट्नु उत्साहजनक भए पनि यो अवस्थालाई कायम राख्नु चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ रहेको छ ।
गत आर्थिक वर्ष २०८२र०८३ मा चितवनमा ५४५ वटा सवारी दुर्घटना हुँदा १०५ जनाको मृत्यु, ९७ जना गम्भीर र ९०८ जना सामान्य घाइते भएका थिए । अघिल्लो आर्थिक वर्ष २०८१ र ०८२ मा १ हजार ५० दुर्घटनामा १२० जनाको मृत्यु, १७२ जना गम्भीर र १ हजार ७०५ जना सामान्य घाइते भएका थिए ।
त्यसअघि आर्थिक वर्ष २०८० र ०८१ मा ४४५ दुर्घटनामा ११५ जनाको मृत्यु, १५० जना गम्भीर र ६८२ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९ र ०८० मा ३०३ दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो । त्यसयता दुर्घटना र मृत्युदर बढ्दै गए पनि गत आर्थिक वर्ष भने उल्लेख्य सुधार देखिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख
अनिल थापाका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुर्घटनाको संख्या ५०.२८ प्रतिशत, मृत्यु १२. ५ प्रतिशत र गम्भीर घाइते ४३. ६ प्रतिशतले घटेका छन् । अघिल्लो वर्ष दुर्घटनामा १ हजार ६१० जना परेका थिए भने गत वर्ष यो संख्या ७९० मा झरेको छ ।
गत वर्ष दुर्घटनामा मृत्यु हुने १०५ जनामध्ये ७३ पुरुष, २८ महिला र ४ बालबालिका थिए । मृत्यु हुनेमध्ये करिब ७२ प्रतिशत पुरुष छन् । तथ्याङ्कअनुसार २० देखि ४० वर्ष उमेर समूह सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको छ । सवारीसाधनमध्ये मोटरसाइकल दुर्घटनामा सबैभन्दा धेरै ५२ जनाको मृत्यु भएको छ भने १८ पैदलयात्रीले ज्यान गुमाएका छन् ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
