काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले बाल सुधारगृहहरूलाई थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बालमनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गरिनुपर्नेमा जोड दिएकी छन् । आइतबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले बाल सुधारगृहमा रहेका बालबालिकाको मानव अधिकार र सुधारका पक्षमा आफ्ना धारणा राखेकी हुन् ।
बाल सुधारगृहमा रहेका बालबालिकाको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलका क्रममा उनले यसको व्यवस्थापन र बालबालिकाको आचरण सुधारका निम्ति विभिन्न सुझाव दिइन् । उनले सुधारगृहमा खटिने कर्मचारी वा अभिभावक शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बालमनोविज्ञान बुझ्ने हुनुपर्नेमा जोड दिइन् ।
सुधारगृहमा दिइने सुविधाका सम्बन्धमा चर्चा गर्दै उनले देशको अर्थतन्त्रले धान्न सक्ने र बाहिर रहेका आमबालबालिकाले पाउने सुविधासँग सन्तुलित हुने गरी व्यवस्था गरिनुपर्ने बताइन् । बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउन ध्यान ९मेडिटेसन०का साथै उनीहरूको धार्मिक आस्थाअनुसारको प्रार्थना वा प्रवचनको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ ।
आध्यात्मिक चेतनाले उनीहरूलाई आन्तरिक रूपमा अनुशासित बनाउन र भविष्यमा अपराधबाट टाढा रहन मद्दत पुग्ने उनले उल्लेख गरिन् । सुधारगृहभित्र कायम रहेको ‘नाइके प्रथा’प्रति उनले आपत्ति जनाइन् । कैदीबन्दीमध्येबाटै नाइके छनोट गर्दा बालबालिकामाझ थप हिंसा र डरको वातावरण सिर्जना भइरहेको उनको भनाइ छ ।
१८ वर्ष उमेर पुगिसकेका व्यक्तिहरूलाई उनीहरूको इच्छाविपरीत भए पनि राज्यको नीतिअनुसार अन्यत्र स्थानान्तरण गर्नुपर्ने र यसमा राज्य कठोर हुनुपर्ने उनले बताइन् । अपराधको प्रकृति हेरेर सजायको व्यवस्था गर्न र सामान्य गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ सुधारको मौका दिनुपर्नेमा पनि उनले जोड दिइन् ।
बैठकमा सांसद लामाले बालबालिकाले गरेको गल्तीले समाज र पीडितलाई परेको असरबारे उनीहरूलाई बुझाउन सके मात्र वास्तविक सुधार सम्भव हुने धारणा व्यक्त गरिन् ।
-
विश्वकप लिग-२: नेपाल नामिबियासँग फराकिलो अन्तरले पराजित
-
‘मेरो माया यूकेको लाहुरे हो’ : प्रेमिकाका हरेक चाहना पूरा गर्ने लाहुरेको कथा
-
ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
कीर्तिपुरमा पार्किङ गरिएको निजि कार भित्र जलेको व्यत्ती मृत फेला
-
अमेरिकाले गर्यो १३ औं रात पनि इरानमाथी हवाइ आक्रमण, बढ्यो तेलको मूल्य
